किसानलाई ७५ प्रतिशत अनुदानमा प्रगारिकमल वितरण
कृषि ज्ञान केन्द्र बाराले कृषकहरूलाई कृषि प्रगारिकमल वितरण गरेको छ । फेटा गाउँपालिका–७ टाेल गम्हरियाका रिधी सिद्ध कृषि सहकारी सस्थाले किसानहरूलाई ७५ प्रतिशत अनुदानमा प्रगारिकमल प्रदान गरेको हो ।

फेटा गाउँपालिका–७ टाेल गम्हरियाका रिधी सिद्ध कृषि सहकारी सस्थाले स्थानीय किसानहरूलाई माटाे सुधार कार्यक्रम अन्तर्गत स्थानीय किसानलाई माटाे सुधार गरि बालीको उत्पादन वृद्धि गरी किसानहरूको आयस्तर वृद्धि गराउन सोमबार बार कृषि ज्ञान केन्द्र बाराले ७५ प्रतिशत अनुदानमा माटाे सुधारको लागि प्रगरिकमल वितरण गरेको हो ।
फेटा गाउँपालिकाको वडा नम्बर ७ किसानलाई ७५ अनुदानमा (२५के.जि) प्रती बोरा प्रगरिकमल किसानकाे आवश्यकता अनुसार माल वितरण गरिएको वडा नम्बर ७मा रहेको कृषि सहकारीको अध्यक्ष हेमराज साहले जानकारी दिनुभयो ।

माटाे सुधार र उत्पादन बढाउन चालु आर्थिक वर्ष २०८१-२०८२को बजेटबाट माटाे सुधार कार्यक्रम अन्तर्गत मलको अनुदानको व्यवस्थापन गर्न कृषि ज्ञान केन्द्र बारा सँग माग गरेका थिए । कार्यक्रम अन्तर्गत किसानको माटाे सुधार गर्न प्रागरिकमल ७५ अनुदानमा सहयोग गरिएको कृषि ज्ञान केन्द्र बाराका कृषि अधिकृत राजबनशी चौरसियाले बताउनुभयो ।

फेटा गाउँपालिका भित्रको टाेल गाम्हरिया,कंचनपुर कृषिको लागि खाध्यन्न पकेट क्षेत्रको रूपमा छ । स्थानीय किसानलाई व्यावसायिक र माटाे सुधार गरि कृषि क्षेत्रमा आकर्षित गर्नका लागि प्रागरिकमल वितरण गरिएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।कृषि अधिकृत चौरसियाले किसानलाई प्रागरिकमलको सदुपयोग गर्न आग्रह गर्नु भयो ।
कृषि ज्ञान केन्द्र बाराको माटाे सुधार कार्यक्रम अन्तर्गत किसानको साझेदारीमा ७५ अनुदानमा प्रागरिकमल उपलब्ध गरिएको हो । प्रागरिकमलले स्थानीय रूपमा उत्पादन बढाउन फेटा गाउँपालिकाको टाेल गम्हरिया कृषिमा आत्मनिर्भर बनाउन योगदान पुग्ने विश्वास लिइएको छ । १२००देखि १६०० बोरा प्रागरिकमल किसानलाई वितरण गर्ने सहकारीको अध्यक्ष हेमराज साहले जानकारी गराउनु भयो ।
फेटा गाउँपालिका वार्ड नम्बर ७ निवासी समाज सेवि राजकिशोर साहका अनुसार सो क्षेत्र उब्जाउ भूमि र सहज सिँचाइ व्यवस्थाले सम्पन्न भएकाले धान, मकै, तरकारी लगायतका बाली उत्पादनका लागि उपयुक्त मानिन्छ।

