रियाद (एजेन्सी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको अन्त्यतिर साउदी अरबको रियादमा गल्फ सहयोग परिषद् (जीसीसी) का सदस्य राष्ट्रका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको साउदी सरकारसँग निकट स्रोतले जानकारी दिएको छ ।मे १३ देखि १६ सम्म हुने यो भ्रमणमा राष्ट्रपति ट्रम्प साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको भ्रमण गर्नेछन् । यो उनको दोस्रो कार्यकालको पहिलो आधिकारिक विदेश भ्रमण हुनेछ । ‘राष्ट्रपति ट्रम्पले रियादमा जीसीसीका नेताहरूलाई भेट्नुहुनेछ,’ स्रोतले बताए । जीसीसीमा साउदी अरब, यूएई, बहराइन, कतार, कुवेत र ओमान समावेश छन् । बैठकको उद्देश्य राजनीतिक तथा आर्थिक सहकार्यलाई सुदृढ बनाउनु रहेको जनाइएको छ ।यात्राको पूर्वसन्ध्यामा, अमेरिकी सरकारले साउदी अरबसँग ३.५ अर्ब अमेरिकी डलर बराबरको मिसाइल बिक्री सम्झौता स्वीकृत गरेको छ । राष्ट्रपति ट्रम्पले साउदी अरबसँग भएका ठूला व्यापारिक सम्झौताहरूको चर्चा गर्दै आएका छन् । साउदी अरबले हालैका वर्षहरूमा रसिया–युक्रेन विषयमा अमेरिकी कूटनीतिमा सकारात्मक भूमिका खेलेको
यो भ्रमणको समय अमेरिकाले इरानसँग वार्ता सुरु गरेको समयमा परेको छ, जसको केन्द्रबिन्दु तेहरानको आणविक कार्यक्रम हो । राष्ट्रपति ट्रम्पले इरानमाथि प्रतिबन्ध कडाइका साथ कार्यान्वयन गर्ने चेतावनी दिँदै अन्तर्राष्ट्रिय समुदायलाई इरानी तेल बहिष्कार गर्न आग्रह गरेका छन् ।
सन् २०१८ मा पहिलाको आणविक सम्झौता तोडेका ट्रम्पले अब नयाँ सहमति कायम गर्ने आशा व्यक्त गरे, जसले क्षेत्रीय तनाव घटाउने र सम्भावित सैन्य कारबाही रोक्ने अपेक्षा गरिएको छ ।