Modern technology gives us many things.

६८औँ राष्ट्रिय सहकारी दिवस

६८औँ राष्ट्रिय सहकारी दिवस
फेटा बारा
चैत २० गते ६८औँ राष्ट्रिय सहकारी दिवस कार्यक्रमको अध्यक्षता श्री शुभ लक्ष्मी बचत ऋण सहकारी सस्था लि फेटा वार्ड न.७को अध्यक्ष श्री प्रधुमन साह र फेटा गाउँपालिकाको कृषि पशु पन्छी तथा सहकारी शाखाको प्रतिनिधि वा प्रशिक्षक सन्जय कुश्वाहाको प्रमुख अथिति र श्री जिन्नाद बाबा कृषि सहकारी सस्था लिको अध्यक्ष श्रीलाल साहको विशेष अथिती रहेका थिए ।
६८औँ राष्ट्रिय सहकारी दिवसको उद्घाघटन कार्यक्रममा प्रमुख अथिति संजय कुशवाहा,विशेष अथिती श्रीलाल साह र कार्यक्रमको अध्यक्ष ग्रहण गरेको प्रधुमन साहले उद्घाघटन गरेका थिए ।

६८औँ राष्ट्रिय सहकारी दिवसमा कृषि, श्री साना किसान कृषि सहकारी सस्था लि फेटा वार्ड न.१मा रहेका सहकारीका अध्यक्ष धुपेन्द्र प्रसाद साहले सहकारीको मल्य र मान्यतामूल्य ,सिद्धान्तहरूलाई पालना गरेमा सहकारी संस्था प्रभावकारी, पारदर्शी र सदस्यमुखी बनाउन्न सकिन्छ र सहकारी संस्थाहरू लोकतान्त्रिक सिद्धान्तमा सञ्चालन हुन्छन्, जहाँ प्रत्येक सदस्यको समान मताधिकार हुन्छ बताए । त्यस्तै ६८औँ राष्ट्रिय सहकारी दिवसमा श्री नबिनतम कृषि सहकारीको अध्यक्ष उदय ठाकुरले सदस्यहरुलाई सिप बढाएर उत्पादक क्षेत्रमा लगानी गरी सहकारीका सदस्यहरुको व्यवसाय बढाउन सहयोग गर्ने बताए।
त्यस्तै श्री जिन्नाद बाबा कृषि सहकारी सस्था लि को अध्यक्ष श्रीलाल साहले उद्यमीको क्षमता र संभावना अनुसार उचित सीप, स्रोत, साधन र बजारको पहुँच पुर्याउनु जरुरत रहेको बताए ।
फेटा गाउँपालिकाको नियमक निकाय अन्तर्गत पर्ने सहकारी सस्थाहरुलाइ सहकारी ऐन २०७४ नियमावली २०७५अनुसारको नीति नियम भित्र सन्चालन गर्नु पर्ने जानकारी गराउनु भयो ।र सहकारीको वृद्धि बिकासको लागि सहकारी शाखाको कर्मचारी २४ घन्टा सहयोग गर्ने तयार रहेका बताए र नियम निकाए निकाय अनर्गत नरहेका सहकारीले फेटा गाउँपालिका भित्र काम काज वा कुनै किसिमको काम काज गर्‍यो भने करवाही गर्ने प्रमुख अथितीले बताए।
६८औँ राष्ट्रिय सहकारी दिवस कार्यक्रममा प्रधुमन साहले सहकारीको व्यवस्थापन प्रभावकारी भएमा, सदस्यहरूको जीवनस्तर सुधार हुन्छ, आर्थिक सशक्तिकरण बढ्छ, र संस्थागत दीर्घायु सुनिश्चित हुन्छ र ६८औँ राष्ट्रिय सहकारी दिवस “मर्यादित सहकारी :समुनत समाज “भने मुल नाराको साथमा प्रष्ट गर्नु भयो।

उक्त ६८औँ राष्ट्रिय सहकारी दिवसमा कृषि पशुपन्छी तथा सहकारी प्रशिक्षक सन्जय कुश्वाहा प्रमुख अथिती ,विशिष्ट अतिथी श्रीलाल साह ,अतिथी सहकारी अध्यक्ष नरेन्द्र पाण्डे ,पशुराम साह,शुभान अन्सारी ,मनोज साह,उदय ठाकुर,दिपेन्द्र साह र धुपेन्द्र साह,रामक्षेत्री साह र जम्दर साह लगायत ३० जना सहकारी कर्मिहरूको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.