Modern technology gives us many things.

शिक्षकको माग वार्तामार्फत सम्बोधन गर्न उपेन्द्र यादवको सुझाव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले वार्ता मार्फत आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न आग्रह गरेका छन् ।

आज प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सरकारले शिक्षासम्बन्धी नीति, योजना, ऐन र कार्यक्रमहरूको समीक्षा गरी व्यापक परिवर्तन गर्दै शिक्षा क्षेत्रका विकृति, विसङ्गति, अराजकता र अन्योलता अन्त्य गर्न जरुरी रहेको बताए ।

‘मुलुकको विकास, परिवर्तन र भविष्यको मूल आधार शिक्षा नै हो, शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गरी गुणस्तरीय शिक्षामा सबैको पहुँच स्थापित गर्न जरुरी छ’, उनको भनाइ छ।

Leave A Reply

Your email address will not be published.