Modern technology gives us many things.

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत,लेखापालसहित चारजनाविरुद्ध भ्रष्टाचार

काठमाडौं :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  रुकुम पश्चिम,बाँफिकोट गाउँपालिका वडा नम्बर २ स्थित पिपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा अनियमितता गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।उनीहरूविरुद्ध जनही २१ लाख  ६३ हजार ८५६ रुपैयाँ बिगो दावी र सजाय माग गरिएको अख्तियारले जनाएको छ।अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार सडक निर्माणका क्रममा अनियमितता गरेको पाइएपछि बाँफिकोट गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय रुकुम पश्चिमका प्रमुख प्रशासकीय अधिकृत दूर्गबहादुर ओली,प्राविधिक दलबहादुर ओली,लेखापाल महेन्द्र शर्मा र पिपलकाँडा मेलगौरी सडक योजनाको निर्माण कार्य गर्ने कम्पनी मालिका बस्नेत निर्माण सेवा छेडागाड,जाजरकोट र सोका प्रोपाइटर शान्तबहादुर बस्नेतविरुद्ध आज विशेष अदालतमा आरोप- पत्र दायर भएको हो।अनुगमन प्रतिवेदनमा अनुगमन गर्ने पदाधिकारीहरूको हस्ताक्षर नै नभएकाले  प्रतिवादीहरूको मिलेमतो र संलग्नतामा बदनियतपूर्वक निर्धारित मापदण्ड विपरीत भएको निमार्ण कार्यलाई लुकाइ छिपाइ मापदण्ड बमोजिम भएको भनी नभएको/ नगरेको कामको समेत भए गरेको भन्ने झुट्टा एवं गलत कार्य सम्पन्न  प्रतिवेदन र अनुगमन प्रतिवेदन तयार गरी २१ लाख ६३ हजार ८६५ रुपैयाँ अनियमितता गरेको अख्तियारको ठहर छ।

Leave A Reply

Your email address will not be published.