Modern technology gives us many things.

निलम्बनमा परेका कलैया उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत बर्णवालको निधन

कलैया :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेनेटरी प्याड खरिदमा अनियमितता गरेको भन्दै कलैया उपमहानगरपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद बर्णवालसँगै पाँच जना उपर भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र चैत्र २६ गते मँगलबार दायर भएको थियो।

मुद्दा दायर हुदाँ तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बर्णवाल नगरपालिकाको शिक्षा महाशाखा प्रमुख रहेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै उहाँ निलम्बन भई बिशेष अदालतमा मुद्दामा थिए। उक्त मुद्दाको किनारा नलाग्दै बुधबार उनको मृत्यु भएको छ।

निलम्बित शिक्षा महाशाखा प्रमुख बर्णवालको मृत्यु भएसँगै कलैया नगरपालिकाले एक शोक वक्तव्य जारी गर्दै बर्णवालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहद्वारा जारी शोक वक्तव्यमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।

साथै बर्णवालको निधनको खबरसँगै नगरपालिकाको निर्णयअनुसार बुधबार कलैया उपमहानगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरू तथा क्षेत्रका शैक्षिक संस्थाहरूमा आधा दिन सार्वजनिक बिदा दिइएको उल्लेख गरीएको छ।

Leave A Reply

Your email address will not be published.