देवताल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न, नीति तथा कार्यक्रम सार्वजनिक
बारा , १० आषाढ
बाराको देवताल गाउँपालिकाको १४ औं गाउँसभा आज सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवको अध्यक्षतामा बसेको सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। गापा अध्यक्ष यादवले आगामी आवका लागि रु ३८ करोड ८५ लाख ९९ हजार आठ सय ५६ को बजेट प्रस्तुत गरेका छन ।
गाउँपालिका अध्यक्ष यादवले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी सिर्जना, सामाजिक सुरक्षालगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ। उनले सुशासन, पारदर्शिता र दिगो विकासलाई मुख्य उद्देश्यका रूपमा अघि सारेको उल्लेख गरेका छन्।
Related Posts
सभामा वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी, राजनीतिक दलका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा स्थानीय नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो।
गाउँसभा अन्तर्गत छलफलका क्रममा विभिन्न वडाबाट आएका सरोकार तथा सुझावहरूलाई समेत समेटेर आगामी कार्ययोजना तयार पारिएको प्रमुख प्रशासकिय अधिकृत कृष्ण नन्दन रायले जनाए । उनले अधिवेशन तयारिमा सहयोग गर्ने सबैमा धन्यवाद ब्यक्त गर्दै पास भएका नितिकार्यक्रम लाई कार्यान्वयन गराउन लागिपर्ने बताए ।
सभाको समापनमा अध्यक्षले जनताको अपेक्षा अनुसार गाउँपालिकालाई समावेशी, उत्तरदायी र समृद्ध बनाउने प्रतिवद्धता जनाएका छन।
प्रमुख प्रशासकिय अधिकृत कृष्ण नन्दन रायले स्वागत गरेको कार्यक्रमको सन्चालन लेखा प्रमुख मनिष साह कलवारले गरेका थिए ।