Modern technology gives us many things.

सखुवा प्रसौनि गााउँपालिकाको १५ औ गाउँसभा सम्पन्न,२०८२/०८३ को बजेट ५९ करोड ६१ लाख भन्दा बढी

पर्साको सखुवा प्रसौनि गााउँपालिकाको १५ औ गाउँसभा मङगलबार सम्पन्न भएको छ। गाउँपालिकाको आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गरी आर्थिक बर्ष २०८२/०८३ को बजेट ५९ करोड ६१ लाख ४४ हजार ०६ सय २० रुपैंयाको प्रस्तुत गरीएको हो।

गाउँपालिका की उपा अध्यक्ष शर्मिला बिस्टले बजेट प्रस्तुत गर्नु भएको हो । आ . ब. ०८२/०८३ को निति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरेका थिए।

उक्त गाउँसभामा जसवन्त यादव आर्थिक बर्ष २०८१/०८२ को हालसम्म भएको आय व्यय प्रस्तुत गरेका थिए। भने प्रमुख प्रशासकीय अधिकृत राम बाबु कुशवाहाले स्वागत मन्तव्य राख्दै जनताको प्रत्यक्ष सरोकार राख्ने स्थानिय तह भएको बताएका थिए । साथै स्थानिय तहसँग जनताको अपेक्षा र चाहना धेरै हुने गरेकोले बिगतको तुलनामा सँघ सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदानमा कटौती हुने गरेको पुरा हुन नसकेको बताएका छन्। स्थानीय तहबाट जनताले सुबिधाहरू पाउन राजश्व समेत बुझाउनु पर्नेमा प्रमुख प्रशासकीय अधिकृत राम बाबु कुसवाहा जोड दिँदै जनप्रतिनिधि र कर्मचारीको सहकार्यमा सखुवा प्रसौनि गाउँपालिका निर्वाधरुपमा अगाडि बढिरहेको बताएका छन्।

गाउँपालिका अध्यक्ष जसवन्त यादवले गाउँसभाको अध्यक्षता गर्दै गाउँपालिकाले समावेशी, दिगो विकास र नागरिकमुखी सेवा प्रवाहलाई प्राथमिकता दिएको बताएका छन । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा, कृषिको आधुनिकीकरण तथा रोजगारी सिर्जनालाई केन्द्रमा राखिएको बताउदै अध्यक्ष जसवन्त यादव गाउँको समग्र विकासका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन ।गाउँसभामा गाउँपालिकाको पालिकाको ६ वटा वडाका वडाध्यक्षहरू गाउँ सभा सदस्यहरु,गाउँपालिकाका कर्मचारी, , पत्रकार, नागरिक समाजका अगुवाहरू लगायतको उपस्थिति रहेको थियो।भने कार्यक्रममा सँचालन समाजिक बिकाश प्रमुख बिनोद कुमार यादवले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.