Modern technology gives us many things.

जसपा नेपालद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

१३ असार,काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

पार्टीकी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले शुक्रबार मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराएकी हुन्।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा जसपा नेपालबाट काफ्ले मात्र एक सांसद रहेकी छिन्। सरकारमा सहभागी नभएका कारण जसपा नेपालको यो समर्थन फिर्ताले खासै ठूलो अर्थ नराख्ने देखिन्छ। मुख्यमन्त्री आचार्यको पक्षमा हालसम्म पनि दुई तिहाइभन्दा बढीको समर्थन कायम छ।

Leave A Reply

Your email address will not be published.