Modern technology gives us many things.

माछापुच्छ्रे सहकारी ठगी प्रकरण : अध्यक्ष कुश्वाहा पक्राउ, पीडित सेवाग्राहीले न्यायको माग

पर्सा जिल्लाको परवानीपुरस्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था ठूलो आर्थिक अनियमिततामा मुछिएको छ । सेवाग्राहीहरूले वर्षौँदेखिको बचत फिर्ता नपाएको गुनासो गर्दै प्रहरीसमक्ष ठगी र विश्वासघातको जाहेरी दर्ता गरेका छन् । सोही आरोपमा सहकारीका अध्यक्ष राजाबाबु कुश्वाहालाई प्रहरीले पक्राउ गरेको छ ।

सहकारीमा पैसा जम्मा गरेका सेवाग्राहीहरू पछिल्लो समय अत्यन्तै आक्रोशित बनेका छन् । उनीहरूका अनुसार अध्यक्ष कुश्वाहाले पटक–पटक रकम फिर्ता माग्दा झुक्याउने, धम्क्याउने र दुर्व्यवहार गर्ने गरेका थिए । कतिपयलाई “तपाईंको नाममा कुनै बचत छैन” भन्दै बचत अस्वीकार गर्ने प्रयाससमेत भएको आरोप छ ।

सेवाग्राहीको पीडा : “पैसा माग्दा गालीगलौज र हातपात”

जीतपुर निवासी उमेश महतोले आफ्नो बचत रकम फिर्ता माग्दा अध्यक्ष कुश्वाहाले “तपाईंको नाममा कुनै रकम छैन” भन्दै झूटो बोलेको बताए। रजघट्टाका प्रेम अचार्यले सहकारीमा बचत गरेको रकम माग्दा गालीगलौज गर्दै हातपातसमेत भएको दाबी गरे ।

Leave A Reply

Your email address will not be published.