Modern technology gives us many things.

युट्युबले ट्रेन्डिङ हटाउने, नयाँ के आउँदैछ ?

काठमाडौं । भिडियो साझेदारी प्लाटफर्म युट्युबले केही साताभित्रै ट्रेन्डिङ सेक्सन हटाउने घोषणा गरेको छ । ट्रेन्डिङ पृष्ठ र ट्रेन्डिङ नाउ सूची हटाउन लागेको युट्युबले जनाएको छ ।

निश्चित विधाको सूचीमा केन्द्रित हुने भन्दै युट्युबले अहिले लोकप्रिय रहेको ट्रेन्डिङ सेक्सन हटाउन लागेको जनाएको छ । भाइरल भिडियोमा केन्द्रित हुन् युट्युबले सन् २०१५ मा ट्रेन्डिङ पृष्ठ सार्वजनिक गरेको थियो ।

नयाँ अपडेटले सामग्रीको खोजीमा थप विविधता प्राप्त हुने युट्युबले जनाएको छ । नयाँ आउन लागेको ‘स्पेसिफिक चार्ट’मा ट्रेन्डिङ म्युजिक भिडियोज, विक्ली टप पडकस्ट सोज र ट्रेन्डिङ मूभी टेलर्स हुनेछन् । युट्यबुले निकट भविष्यमै थप खण्ड थप्ने जनाएको छ ।

‘चार्टमा लोकप्रिय सामग्री हाइलाइट गर्नुको साथै, हामी दर्शकलाई व्यक्तिगत सिफारिसमार्फत उनीहरूलाई मन पर्ने भिडियो देखाउन कामलाई जारी राख्नेछौं’ कम्पनीले एक ब्लग पोस्टमा भनेको छ, ‘यस तरिकाले, हामी लोकप्रिय सामग्रीको फराकिलो दायरा देखाउन सक्छौं जुन सान्दर्भिक छ, र दर्शकले पहिले नै नयाँ भिडियो कसरी फेला पार्छन् भन्ने कुरामा यो बढी स्वाभाविक लाग्छ ।’

दर्शकले एक्स्प्लोर मेनु, क्रिएटर च्यानल्स र सब्सक्रिप्सन फिडमार्फत गैर–व्यक्तिगत सामग्री ब्राउज गर्न सक्छन् ।

विभिन्न रुचि भएका फ्यानले बनाउने भिडियोको कारण ट्रेन्डमा परिवर्तन आइरहेकाले यो परिवर्तन ल्याउन लागिएको युट्युबले जनाएको छ । यो परिवर्तनले ट्रेन्डिङलाई थप विशेष र सुक्ष्म तुल्याउने बताइएको छ ।

कम्पनीले अझै पनि सिर्जनाकर्तालाई आफ्ना दर्शकमाझ के लोकप्रिय छ भनेर निर्धारण गर्न टुल्सहरू प्रदान गर्ने उल्लेख गरेको छ ।

युट्युब ट्रेन्डिङ सेक्सन नेपालमा निकै लोकप्रिय छ । विशेषगरि फिल्मको ट्रेलर, संगीत र भ्लगिङ भिडियो क्षेत्रमा यसको चर्चा हुनेगर्छ ।

Leave A Reply

Your email address will not be published.