Modern technology gives us many things.

अहमदाबाद विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान: दुवै इन्जिन बन्द भएपछि खस्यो एक पाइलटले अर्कालाई सोधे- तपाईंले इन्जिन बन्द गर्नु’भा हो?

भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको एक महिनापछि प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ।

विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएईबी) ले जुलाई १२ मा १५ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रारम्भिक अनुसन्धानअनुसार, विमानको दुवै इन्जिन बन्द भएका कारण दुर्घटना भएको थियो।

उडेको केही समयपछ दुवै इन्जिन एक-एक गरी बन्द भए।

यस क्रममा ककपिट रेकर्डिङले के देखाउँछ भने एक पाइलटले अर्कोलाई सोध्छन्- इन्जिन बन्द गरिएको हो? अर्काले जवाफ दिन्छन्- छैन।

जुन १२ मा अहमदाबादस्थित विमानस्थलबाट उडान एआई १७१ लन्डनका लागि उडेको केही समयपछि मेडिकल होस्टल भवनमा ठोकिँदै खस्छ।

दुर्घटनामा चालक दलका सदस्यसमेत विमानमा रहेका २४१ यात्रु र २९ जनाको गरी २७० जनाको मृत्यु भयो।

दुर्घटनामा विमानका एक यात्रु मात्र जना मात्र बाँच्न सफल भए।

Leave A Reply

Your email address will not be published.