Modern technology gives us many things.

रसुवा बाढीको कारण करिब २९ करोड रुपैयाँबराबरको बीमा दाबी

रसुवामा गत असार २३ गते आएको बाढीपहिरोले पुर्याएको क्षतिमा करिब २९ करोड रुपैयाँबराबरको बिमा रकम दाबी भएको छ । शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इस्योरेन्ससहित ९ वटा कम्पनीमा विमितहरुले २८ करोड ९२ लाख रुपैयाँको दाबी गरेका हुन् ।

बिमा प्राधिकरणकाअनुसार शिखर इन्स्योरेन्समा १० वटाको १६ करोड १२ लाख रुपैयाँको दाबी गरिएको छ । नेको इन्स्योरेन्समा ३ वटाको ५ करोड १२ लाख, सगरमाथा लुम्बिनी इस्योरेन्समा ७ वटाको ३ करोड ४१ लाख, सानिमा जिआईसी लिमिटेडमा ६ वटाको ७७ लाख, आइजीआई प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीमा ९ वटाको ७५ लाख ५० हजार रुपैयाँको माग दाबी परेको छ । यस्तै युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटाको ६८ लाख, एनएलजी इन्स्योरेन्समा ६ वटाको ४७ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ वटाको ३१ लाख रहेको छ ।

प्राधिकरणका अनुसार, कुल ६३ वटा मागदाबीमध्ये सामुन्द्रिक बिमातर्फ ६ वटा दाबी परेको छ भने इन्जिनियरिङ तथा ठेकदार जोखिमतर्फ ४ वटा, सम्पत्ति बिमातर्फ १० वटा, मोटर बिमा (सार्वजनिक)तर्फ ३२ वटा, मोटर बिमा निजीतर्फ ११ वटा मागदाबी परेको छ ।

चीनतर्फबाट आएको बाढीपहिरोले नेपाल–चीन जोड्न मितेरी पुलसमेत बगाएको थियो । बाढीले ड्राइपोर्टका साथै सवारी साधन, कन्टेनर पनि बगाएको छ ।

Leave A Reply

Your email address will not be published.