प्रदेश टाइम्स्का सम्पादक यादवमाथि ज्यान मार्ने धम्की र दुर्व्यवहार, पत्रकार महासंघद्वारा घोर भर्त्सना
रौतहट,
प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक रामपुकार यादवमाथि भएको दुर्व्यवहार तथा ज्यान मार्ने धम्कीको घटनाले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गरेको छ। विष्णुपुर गाउँपालिका सम्बन्धी समाचार लेखेको निहुँमा स्थानीयवासी सन्तोष यादव, पवन यादव र निर्माण व्यवसायी लालविहारी यादवले मादक पदार्थ सेवन गरी यादवमाथि गालीगलौज, दुर्व्यवहार र फोनमार्फत ज्यान मार्ने धम्की दिएका थिए।
Related Posts
विष्णुपुर गाउँपालिकाबाट वितरण हुनुपर्ने चेकहरू अन्यत्रबाट बाँडिएको विषयमा समाचार प्रकाशन गरेको कारण पत्रकारमाथि गरिएको यस प्रकारको हमला अत्यन्त निन्दनीय र आपत्तिजनक हो। नेपाल पत्रकार महासंघ सिराहा शाखाले यस घटनाको घोर भर्त्सना गर्दै दोषीहरूलाई अविलम्ब कानुनी दायरामा ल्याई कडा कारवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। महासंघले यस्ता आक्रमण कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै सम्पूर्ण सञ्चारकर्मीहरूलाई धैर्य, एकता र प्रेस स्वतन्त्रताका पक्षमा एकजुट हुन आह्वान गरेको छ।