Modern technology gives us many things.

दिनदहाडै कलैयामा सुवर्ण गाउँपालिकाका अध्यक्षको दादागिरी : “रक्सी खाएर हातपात गर्न खोजे” – पीडित

सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवद्वारा नै जनताको अपमानजनक व्यवहार भएको भएको छ। गाउँपालिका अध्यक्षले सार्वजनिक स्थानमै रक्सीको सुरमा कलैया उपमहानगरपालिका ३ गङ्गापुरका बिकास साहलाई कठालो समातेर हातपात गर्न खोजेको गम्भीर आरोप लागेको छ ।

पीडित साहका अनुसार, उनी सामान्य कामका लागि कलैया गढिमाई सडक अन्तरगत यामाहा सो रुम अगाडि बाटो काट्ने क्रममा गाउँपालिकाको अध्यक्ष चढेको मधेस प्रदेश ०३-००१च ७७२२ नम्बरको स्कार्पिओ को पछाडी को चक्का आफै पड्केको तर मेरो बाईकले छोएर पड्केको भन्दै म माथी दुव्र्यवहार गरेको आरोप लगाएका छन । अध्यक्ष यादवले पावरक दम्भ देखाएर मलाई हप्काउन खोजेको भन्दै मेरो मान्सिक उत्पीडन समेत भएको बताएका छन ।

स्थानीय नागरिकहरु भन्छन्, “हामीले मतदान गरेर सेवा गर्न पठाएका जनप्रतिनिधि आजभोलि सेवाग्राहीलाई आम जनतालाई तुच्छ ब्यवहार गर्न थालेको तितो अनुभव सुनाए । गाउपालिका अध्यक्ष जस्तो ब्यक्तिले दिन दहाडै रक्सी खाएर सदरमुकाममा घुम्नु, चिच्याउनु, धम्क्याउनु र हातपात गर्न खोज्नुजस्ता गतिविधिले गाउँपालिकाको इज्जत धुम्लिएको पिडितले भने ।”

पिडितले अब अध्यक्षले मलाई पावर को भरमा थुन्न लगाउने धम्की दिएकाले आफू डराएको बताएका छन ।

स्थानिय ट्राफिकले पनि प्रत्यक्षदर्शी को कुरा नसुनेर अध्यक्ष को प्रभावमा लागेर हप्काउन पछि नपरेको बताए ।

सुवर्ण गाउँपालिकाको जनप्रतिनिधिले देखाएको यो व्यवहार स्थानीय शासनको विकृति र चरम दुरुपयोगको ज्वलन्त उदाहरण हो। जनताको सेवामा समर्पित हुनुपर्ने अध्यक्ष जब जनतामाथि नै हातपात गर्न उत्रन्छन् भने लोकतन्त्र र स्थानीय शासनको औचित्यमाथि प्रश्न उठ्न थालेको छ। अब यो घटनामा निष्पक्ष छानबिन र पीडितलाई न्याय दिलाउनु राज्यको कर्तव्य हुनुपर्छ।

Leave A Reply

Your email address will not be published.