Modern technology gives us many things.

लाेसपाबाट निष्काषित भएपछि केन्द्रिय सदस्य गुप्ता केन्द्रिय नेता शुक्ला माथी खनिए

भैरहवा, २९ साउन :लोकतान्त्रिक समाजवादी पार्टी नेपालका पूर्व केन्द्रीय सदस्य महेन्द्र गुप्ता (प्रशान्त)ले पार्टीमा भएको विभेदको विरोध गर्दा पार्टीबाट निष्काशन गरिएको बताएका छन् ।

‘लोकतान्त्रिक पद्धतिमा लोकतन्त्रिक तरिकाले मन्त्रीको चयन हुनुपर्छ , पार्टीको कार्यशैली ठिक भएन’ भन्ने समाजिक सञ्जालमा राखेको भरमा कारवाही स्वरुप निष्काशन गरिएको उनले जनाएका छन् ।

भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै गुप्ताले भने, ‘मैले कुनै व्यक्तिलाइ तोकेर गाली गरेको पनि हैन, पार्टीलाई मन्त्रीमा एउटा युवालाई मौका दिनु मात्रै भनेको हो । अलोकतान्त्रिक तरिकाले पार्टीबाट कारवाही गरेको छ, न त स्पष्टीकरण सोधियाे, न जानकारी नै गराइएयो १८ वर्ष देखि सक्रिय राजनितिमा लाग्दा कति सम्पति गुम्याे, व्यक्तिगत लगानीबाट मधेसमा संघर्ष गरियो, आन्दोलन गरियो, अहिले अपमान, विभेद बाहेक केही नपाएकोले न्यायको लागि पत्रकार सम्मेलन गर्नुपरेको छ ।’

केन्द्रीय सदस्य महेन्द्र गुप्ता (प्रशान्त) ले मधेशको मुद्धालाई लिएर हिडेको युवा हो, कसैले निगाहमा नेता नबनाएको उनकाे दावी छ ।  २०६२/०६३ को मधेश आन्दोलन देखि तराई मधेशका जनताको हितमा निष्ठापूर्वक लागे बापत सजाय स्वरुप पार्टीले निरंकुश शैलीले आफूमाथि कारबाही गरेको उनको भनाइ छ । ‘लोकतान्त्रिक पार्टी कागजमा मात्रै सिमित छ, सदन र सडकबाट लोकतन्त्रको कुरा गर्ने एक दुई तानाशाही नेताको सनकका कारण पार्टीको आन्दोलकारी र क्रान्तिकारीलाइ कारवाही गर्ने यो कुन तरिकाको लोकतन्त्रवादी, समाजवदी पार्टी हाे ?’ उनकाे प्रश्न छ ।

‘प्रदेशको ४ पटक मन्त्री बन्दा पनि रिर्पोट कार्ड खै ? यहाँके जनता र मधेसको लागि कुनै पनि रिर्पोट कार्ड आएन । आफै कानुन मन्त्री हुदा पनि प्रदेश आयोगमा समावेशीको कुरामा मधेसीको लागि सक्रियता नदेखाउनु, अरुले आन्दोलन गरेर लिखित रुपमा पास गराउनु पर्यो । पार्टीको अध्यक्षलाई तोकेर गाली गर्दा पनि कारवाही नहुने मैले सामाजिक संजालमा लेख्दा अलोकतान्त्रिक तरिकाले निकाल्ने ?’ उनले भने ।

उनले प्रतिनिधी सभा सदस्य सर्बेन्द्रनाथ  शुक्लालाई इंगित गर्दै भने ‘मधेसको नाममा मर्चवारको विकास हुन नदिने, मर्चवारमा शासक भनेर बस्ने निर्वाचित सांसदले पुरानो मर्चवार नभई नयाँ मर्चवार हो, राम्रो काम गरे फुलको माला नराम्रो गरे जुत्ताको माला लगाउन तयार हुनुपर्छ ।’

बोल्ने अधिकार पनि हनन भइरहदा आफु चुप लागेर नबस्ने बताउँदै भने, ‘अबको मर्चवार तानाशाह मुक्त मर्चवार हो, मर्चवारको ठेकेदार कोही नबोनस, मर्चवार यहाँ कै वासिन्दाकाे हो, मर्चवारले अबको नेतृत्वले तानाशाहको पत्ता साफ गर्छ,’ उनले भने । उनीसँगै १५३ जनाले लाेसपा परित्याग गरेका छन ।

Leave A Reply

Your email address will not be published.