Modern technology gives us many things.

अशोक राई र राजेन्द्र महतोको पार्टी बिच कार्यगत एकताको घोषणा, पार्टी एकीकरणको उदेश्य

काठमाडौं, २९ साउन :अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा भएको छ।काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच दुबै पार्टीका अध्यक्ष क्रमश: राई र महतोले  कार्यगत एकताको घोषणा गर्दै हस्ताक्षर गरेका हुन्।

भावी दिनमा दुई पार्टी बिच एकीकरण गर्ने उदेश्यसहित तत्काललाई भने कार्यगत एकता गरिएको बताएका छन् ।

कार्यगत एकताको सहमति पत्रमा जसपा अध्यक्ष राई र रामुपाका अध्यक्ष महतोले हस्ताक्षर गरेका छन्।

 

राई उपेन्द्र नेतृत्वको जसपा नेपालबाट अलग भएर केपी ओली नेतृत्वको सरकारमा छन भने महतो महन्थ ठाकुर नेतृत्वको लोसपाबाट अलग भएर मुक्ति पार्टी गठन गरेर पहाडिया समुदाय पनि समेटेर अघि बढी रहेका छन् ।

तराई मधेस केन्द्रित संघीय लोकतान्त्रिक मोर्चामासमेत रहेका महतोको नयाँ कदमले सो मोर्चाबन्दी थप अन्यौलमा परेको छ।

Leave A Reply

Your email address will not be published.