Modern technology gives us many things.

सिम्रौनगढमा करेन्ट लागेर महिलाको मृत्यु

बाराको सिम्रौनगढ नगरपालिका–५, कोनिहाटी चौरमा आइतबार दिउँसो करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।

आज करिब ३ः३० बजे घाँस काट्ने क्रममा करेन्ट लागेर ५० वर्षीया अनितादेवी यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। मृतक अनितादेवी, शम्भुप्रसाद यादवकी श्रीमती हुन्।

स्थानीयका अनुसार भनु महतोले आफ्नो खेतमा पानी हाल्न प्रयोग गर्ने क्रममा जडान गरेको विद्युतीय मोटरको खुला तार अनितादेवीले हसियाले काट्दा अचानक करेन्ट लागेको हो।

घटनापछि इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक पवन पछाईको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) बिजयराज पण्डितले विद्युत सुरक्षामा लापरवाहीका कारण घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताउँदै घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.