Modern technology gives us many things.

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने, प्राधिकरणको आईएसपीलाई निर्देशन

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू तत्काल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायक (आईएसपी) लाई औपचारिक निर्देशन दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णय कार्यान्वयन गर्न प्राधिकरणले बिहीबार पत्राचार गरेको हो।

प्राधिकरणले पठाएको पत्रमा फेसबुक, युट्युब, एक्स (पहिलेको ट्वीटर), इन्स्टाग्राम, ह्वाट्सएपलगायत २६ वटा सामाजिक सञ्जालको नाम उल्लेख गर्दै ती प्लेटफर्महरू नेपालमा अब प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ।

यद्यपि, टिकटक, भाइबर, निम्बज, वीटक र पोपोलाइभ गरी पाँच प्लेटफर्म पहिले नै दर्ता भइसकेका छन् भने टेलिग्राम र ग्लोबल डायरी दर्ता प्रक्रियामा रहेका कारण यी सात सञ्जाललाई भने सञ्चालन गर्न पाइनेछ।

सरकारले दिएको सात दिनको समयसीमा भित्र दर्ता नगरेका अन्य सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लिइएको हो। दर्ता प्रक्रिया पूरा गरेपछि भने जुनसुकै बेला पनि ती प्लेटफर्म पुनः सञ्चालनमा ल्याउन सकिने मन्त्रालयले जनाएको छ

Leave A Reply

Your email address will not be published.