Modern technology gives us many things.

जेनजी आन्दोलनकारीद्वारा सर्वोच्च अदालतसहित विभिन्न निकायमा आगजनी

काठमाडौं : ‘जेनजी पुस्ता’को आन्दोलन चर्किँदै जाँदा सर्वोच्च अदालतमा समेत आगजनी भएको छ। सिंहदरबारमा आगलागी गराएलगत्तै आन्दोलनकारीहरूले सर्वोच्च अदालतको परिसरमा तोडफोड गरी आगो लगाएका हुन्।

प्रदर्शनकारीहरूले अदालत परिसरमा रहेका सवारी साधनमा तोडफोड गरी आगजनी गर्नुका साथै विशेष अदालत र जिल्ला अदालत काठमाडौँमा समेत आगो लगाएका छन्। आगजनीका कारण महत्वपूर्ण कागजातहरू नष्ट भएको बताइएको छ।

यसै क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि आन्दोलनकारीले आगजनी गरेका छन्। बढ्दो आन्दोलनका कारण मुलुकका न्यायिक र संवैधानिक निकायहरू समेत ठूलो जोखिममा परेका छन्।

Leave A Reply

Your email address will not be published.