प्रधानमन्त्री कार्की भारतीय समकक्षी मोदीसँग आज टेलिफोन वार्ता गर्दै
‘प्रधानमन्त्री ज्यूले मंगलबारको क्याबिनेट बैठकमा भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन कुराकानी गर्ने भन्नु भएको थियो’, गृहमन्त्री ओमप्रकाश अर्यालले भने, ‘बुधबार किन स्थगित भयो थाहा हुन सकेन ।’ नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा भेटेर मोदीको सन्देश सुनाएका थिए ।