Modern technology gives us many things.

नेपाल प्रहरीका ४८ एसपीको सरुवा, को कहाँ ?

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा भएको छ। गत भदौ ३१ गतेको निर्णयले असोज १ गतेदेखि लागू हुने गरी एसपीहरुको सरुवा भएको हो। अपराध अनुसन्धान कार्यालयको अनुसन्धान शाखाका एसपी अंगुर जीसीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ।

बाँकेका एसपी रामप्रसाद घर्तीमगरको भने कर्णाली प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखा सुर्खेत सरुवा भएको छ। अपराध अनुसन्धान शाखा बनेपाका एसपी अनिल कुमार खड्कालाई मधेश प्रहरी गण धनुषा सरुवा भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंमा रहेका एसपी अपिल राज बोहराको नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं १ नक्शालमा सरुवा भएको छ।

हेर्नुहोस् सरुवाको सूची

Leave A Reply

Your email address will not be published.