Modern technology gives us many things.

पाकिस्तान र साउदी अरबबीच रक्षा सम्झौता: एउटामा आक्रमण भए दुवैमा भएको मानिने

प्रधानमन्त्री शहबाज शरीफ र क्राउन प्रिन्स मोहम्मद बिन सलमान साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बुधबार एउटा ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन्। उक्त सम्झौताको नाम ‘रणनीतिक आपसी रक्षा सम्झौता’ राखिएको छ।

यस सम्झौता अनुसार यदि यी दुई देशमध्ये कुनै एकमाथि आक्रमण हुन्छ भने, त्यो दुवै देशमाथि भएको आक्रमण मानिनेछ।प्रधानमन्त्री शहबाज शरीफको साउदी अरब भ्रमणका क्रममा यो सम्झौता भएको हो।

साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले रियादस्थित अल–यमामा दरबारमा शहबाज शरीफलाई स्वागत गरेका थिए।

दुवै नेताबीचको भेटमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो।पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इसहाक डारले सामाजिक सञ्जाल एक्स मा लेख्दै भनेका छन्,‘दुवै देशबीच करिब ८० वर्ष पुराना सम्बन्ध रहेका छन्, जुन भाइचारा, इस्लामी एकता र रणनीतिक सहकार्यमा आधारित छन्।’

विदेशमन्त्रीका अनुसार, यस सम्झौताले रक्षा सहकार्यलाई थप मजबुत बनाउन र क्षेत्रीय शान्ति तथा सुरक्षालाई सुनिश्चित गर्न मद्दत गर्नेछ।एजेन्सी

Leave A Reply

Your email address will not be published.