Modern technology gives us many things.

पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न

वीरगंज : जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम शुक्रबार वीरगञ्जमा सम्पन्न भएको छ।

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर–१०, वीरगंजको प्राङ्गणमा सो कार्यक्रम सम्पन्न भएको हो।

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, पर्साको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रहरी र समुदायबीचको आपसी समन्वय, सुरक्षा सुदृढीकरण तथा अपराध नियन्त्रणका विषयमा विस्तृत छलफल गरिएको हो।

कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्साल, वडा प्रहरी कार्यालय पर्साका प्रमुख निरोज चौलागाईं,नेपाल इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाईको विशेष उपस्थिति रहेको हो।

केन्द्रका आजीवन सदस्यहरू, पदाधिकारीहरू तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो। अध्यक्ष खेतानले प्रहरी उपरीक्षक पाठकलाई फूलमाला र खादा लगाएर स्वागत गरेका थिए। ग्रीनसिटी क्षेत्रलाई शान्त, सुरक्षित र अपराधमुक्त राख्न प्रहरीको सक्रिय भूमिका रहेको उनले जनाए।

Leave A Reply

Your email address will not be published.