Modern technology gives us many things.

कार्यवाहक सभापति तोक्न देउवालाई कांग्रेस नेता कोइरालाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्यसमिति तत्काल विघटन गरी कार्यवाहक सभापति तोक्न आग्रह गरेका छन्।

शनिबार सानेपास्थित पार्टी मुख्यालयमा पत्रकारसँग कुरा गर्दै कोइरालाले आगामी मङ्सिरमा नियमित महाधिवेशन आयोजना गर्नुपर्ने भएकाले कार्यवाहक सभापति तोकेर महाधिवेशनको मिति निर्धारण गर्न देउवालाले वातावरण तयार पार्नुपर्ने बताए।

नेता कोइरालाले भने, “विशेष महाधिवेशन होइन, नियमित महाधिवेशन गर्नुपर्छ। मैले शेरबहादुरजीलाई भने—यो मेरो व्यक्तिगत विचार हो—केन्द्रीय कार्यसमिति विघटन गर्नुस्, एक जनालाई कार्यवाहक सभापति तोक्नुस्। उनी नै महाधिवेशनको मिति तय गर्नेछन्। मेरो अपेक्षा मङ्सिरसम्ममा मिति निश्चित हुनेछ।”

कोइरालाले स्पष्ट पारे कि अब बन्ने कार्यवाहक सभापति नै पार्टीको आगामी महाधिवेशन सञ्चालन र मिति निर्धारणमा जिम्मेवार हुनेछन्।

Leave A Reply

Your email address will not be published.