Modern technology gives us many things.

मन्त्री फेरिए पनि कार्यालय प्रमुख जयसवाल यथावत्, रकम असुलीको आरोप

पर्सा — मधेस प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय मातहत रहेको पर्यटन विकास कार्यालय पर्साकी कार्यालय प्रमुख बबिता जयसवालमाथि अनियमितता र रकम असुलीको आरोप पुनः उठेको छ।

स्थानीय स्रोतका अनुसार, जुनसुकै मन्त्री आएपनि जयसवालले मन्त्रीलाई नजराना बुझाउँदै कार्यालयमा आफ्नो प्रभाव कायम राख्दै आएको आरोप लाग्दै आएको छ। विगतमा विभिन्न सञ्चारमाध्यममा टिकाटिप्पणी र समाचार प्रकाशित भए तापनि उनी हालसम्म पनि सोही पदमा कायम रहेको बताइन्छ।

आफ्नो ईगोका कारण बिना कमिसन भुक्तानी दिन नमानेपछि विभिन्न उपभोक्ता तथा ठेकेदारहरु मारमा परेका छन्।

आरोप अनुसार, कार्यालय प्रमुख जयसवालले आफ्नै भाइलाई करार सेवामा नियुक्त गरी सेवाग्राही तथा ठेकेदारहरूबाट रकम असुली गराउँदै आएको दाबी गरिएको छ। उक्त कार्यले सार्वजनिक कार्यालयलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिएको आरोप समेत लागेको छ।

उपभोक्ता समिति तथा ठेकेदारहरूका अनुसार, कार्यालयबाट हुने सेवामा सहजता मिलाइदिने नाममा नियमित रूपमा रकम माग्ने गरिएको गुनासो लामो समयदेखि रहँदै आएको छ। यद्यपि यस विषयमा सम्बन्धित कार्यालय प्रमुख जयसवालको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन।

Leave A Reply

Your email address will not be published.