Modern technology gives us many things.

सिल्ड खेलेर फर्किने क्रममा जिप दुर्घटना : दुईको मृत्यु, नौ जना घाइते

रोल्पा, २० पुस। रोल्पामा राष्ट्रपति रनिङ सिल्ड खेलेर फर्किँदै गर्दा जिप दुर्घटना हुँदा दुई विद्यार्थीको मृत्यु भएको छ।

पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका-१ सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी लिएर सोही पालिकाको वडा न. ४ स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जिप राती १० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीका १२ बर्षिया दिपा पुन र १२ वर्षीय सुनिल बिकको मृत्यु भएको रोल्पा प्रहरीले बताएको छ। प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा ल्याइएका उनीहरूलाई चिकित्सकले मृतक घोषणा गरेका हुन्।

उक्त घटनामा नौ जना विद्यार्थी गम्भीर घाइते भएका छन्। रोल्पा प्रहरी प्रमुख बिरेन्द्रबिर विश्वकर्माका अनुसार प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर ल्याइएका घाइतेहरूलाई राति नै बुटवल रिफर गरिएको छ।

एकै गाउँका दुई कलिला बालबालिकाको दुखद मृत्युले गाउँ शोकमा डुबेको छ।

Leave A Reply

Your email address will not be published.