Modern technology gives us many things.

सरुवा भएपछि कार्यालय प्रमुख जयसवाल कार्यालय छोड्न किन मानेनन्?

पर्सा। पर्यटन विकास कार्यालयकी कार्यालय प्रमुख बबिता जयसवाल सरुवा भएपनि नयाँ कार्यस्थलमा हाजिर नभई साविककै कार्यालयमै बसिरहेको खुलेको छ।

उनी गत माघ २ गते भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भएकी थिइन्। तर, सरुवा निर्णय कार्यान्वयन नगरी पर्यटन विकास कार्यालयमै अड्डा जमाएर बसेको भेटिएको हो।

स्रोतका अनुसार जयसवालले आफ्नो सरुवा बदर गराउन विभिन्न तहमा प्रयास गरिरहेको आरोप छ। सरुवा कार्यान्वयन हुन नदिन उनले आफू निकट कर्मचारी संगठन तथा कर्मचारी नेतामार्फत दबाब सिर्जना गर्ने गतिविधि बढाएको बताइएको छ।

सरुवा भइसकेपछि पनि कार्यालय नछोड्नु प्रशासनिक नियम र अनुशासनविपरीत भएको भन्दै विषयप्रति सरोकारवाला निकायको ध्यानाकर्षण आवश्यक देखिएको छ। कार्यालय प्रमुख स्वयंले सरकारको सरुवा निर्णयलाई अटेर गर्नुले प्रशासनिक मर्यादा र सुशासनमाथि प्रश्न उठाएको स्थानीय जानकारहरूको भनाइ छ।

Leave A Reply

Your email address will not be published.