Modern technology gives us many things.

परवानीपुर हत्याकाण्डमा नयाँ माेड, दुबईमा रहेका प्रेमीलाई नेपाल बोलाएर श्रीमान् र सासूको हत्या !

बाराको परवानीपुर गाउँपालिका–१ मा सुमित्रादेवी मण्डल र उनका छोरा रामेश्वर मण्डलको हत्या घटनामा मृतक रामेश्वरकै श्रीमतीको योजनामा घटना घटाएकाे आशंका प्रहरीले गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा २३ वर्षीया मानिता देवीको योजनामा सासू सुमित्रादेवी र श्रीमान् रामेश्वरको हत्या भएको निष्कर्ष निकालिएको बारा प्रहरीले जनाएको छ । घटनासँग सम्बन्धित आरोपमा मानितासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका युवक मानिताका पूर्वप्रेमी रहेको खुलेको छ । प्रहरीका अनुसार ती युवक वैदेशिक रोजगारीका लागि दुबईमा रहेका थिए र हत्या योजनासहित नेपाल आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार उनी माघ १२ गते दुबईबाट काठमाडौं आएका र सोही दिन बारा पुगेका थिए । मानिता देवी र ती युवकले ‘सुपारी’ दिएर अन्य व्यक्तिमार्फत हत्या गराएका हुन् वा ती युवक स्वयंले हत्या गरेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार मानिताका प्रेमीले ‘सुपारी’ दिएर अन्य व्यक्तिको प्रयोग गरेको हुनसक्ने आशंकाका आधारमा थप अनुसन्धान अघि बढाइएको छ । गएराति घरभित्रै चक्कु प्रहारबाट बारा परवानीपुर गाउँपालिका–१ की ४६ वर्षीया सुमित्रादेवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको थियो । घटनामा मृतक रामेश्वरका बुबा ५० वर्षीय जगरुप मण्डल र बहिनी २० वर्षीया रिणा कुमारी मण्डल घाइते भएका छन् । उनीहरूको स्थानीय एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको थप अनुसन्धान जारी रहेको बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.