पर्साको भवानीपुरमा खेतमा फालिएको अवस्थामा १२ बोरको बन्दुक बरामद
बारा कलैया । पर्सा प्रहरीले खेतमा फालिएको अवस्थामा एक थान १२ बोरको एकनाले बन्दुक बरामद गरेको छ।
प्रहरीका अनुसार पर्साको जगरनाथपुर गाउँपालिका–२, भवानीपुरस्थित खेतमा सोमबार उक्त हतियार फेला परेको हो।
खेतमा फालिएको अवस्थामा बन्दुक फेला परेपछि प्रहरीले बरामद गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। बरामद बन्दुक कसको हो र कसले खेतमा फालेको हो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
स्रोत: जिल्ला प्रहरी कार्यालय, पर्सा