Modern technology gives us many things.

रैथानेबालीको संरक्षण गर्दै कृषिमा आत्मनिर्भर बन्न आवश्यक’

कल्याणपुर(सप्तरी), चैत २१ गते । राष्ट्रिय खाद्य बैंक लिमिटेड काठमाडौंले बिहीबार राजविराजमा स्थानीय सरकार प्रमुख तथा सरोकारवालाहरुसँग अन्तक्रिया गरेको छ । दिगो कृषि उत्पादन हाम्रो अभियान अन्तर्गत ‘किसानको आलीदेखि उपभोक्ताको थालीसम्म’ मूल नाराका साथ खाद्य बैंकले सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो ।

प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा राष्ट्रिय खाद्य बैंकका अर्थ संयोजक दिपेन्द्र बहादुर क्षेत्रीले कार्यक्रमको उद्घाटन् गर्नुभयो ।

अन्तरक्रियाको उद्देश्यबारे जानकारी दिनुहुँदै खाद्य बैंकका संस्थापक अध्यक्ष शंकरनाथ उप्रेतीले कृषिमा रोजगारी सृजना गरेर उत्पादनलाई बजार सम्म पुर्‍याउने लक्ष्यका साथ खाद्य बैंक काम गरिरहेको बताउनुभयो । उहाँले रैथानेबालीहरुको संरक्षण गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुहुँदै कृषिलाई उद्योगसँग जोडर कृषि औद्योगिकरण हुनुपर्नेमा जोड दिनुभयो ।

“अखाद्य खानेकुराहरुको विगविगी भयो, अब अखाद्य कृषि उपजलाई घटाउँदै स्वस्थकर कृषि उपजलाई बढावा दिनुपर्छ,” उहाँले भन्नुभयो । दिगो कृषि उत्पादन हाम्रो अभियान अन्तर्गत ‘किसानको आलीदेखि उपभोक्ताको थालीसम्म’ मूल नाराका साथ मधेश प्रदेशको सप्तरीबाटै अभियानको सुरुवात गरिएको जानकारी दिनुहुँदै उहाँले किसानलाई धनी बनाउन र उपभोक्तालाई स्वस्थ्यकर खाद्यबस्तु उपलब्ध गराउन तीनै तहको सरकारसँग समन्वय आवश्यक रहेको बताउनुभयो ।

“तीनै तहको सरकारसँग समन्वय गर्ने काम भइरहेको छ । किसानसँग प्रत्यक्ष जोडिएको स्थानीय सरकारसँगको समन्वय हाम्रो पहिलो प्राथमिकता हो,” उप्रेतीले भन्नुभयो ।

खाद्य बैंक तथा सप्तरी उद्योग वाणिज्य संघ राजविराजको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले किसानको उन्नती र विषादी रहित उत्पादनमा जोड दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले खाद्य बैंकसँग सहकार्य गरेर किसानको उत्पादन र त्यसको उचित मूल्यमा बजारीकरणका लागि सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले पनि किसानसँग सम्बन्धित कार्यक्रम लिएर सप्तरी आएको प्रति आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले आफ्नो पालिकामा सबभन्दा बढी किसान नै भएकाले उनीहरुलाई प्राथमिकतामा राखेर गाउँपालिकाले निशुल्क विजुली, मालखाध, विउविजन र सिंचाइको क्षेत्रमा योजना बनाएर अगाडी बढिरहेको जानकारी दिनुभयो ।

सप्तरी उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालु अग्रवालको अध्यक्षमा आयोजित अन्तरक्रियामा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन, उद्योग बाणिज्य संघ सप्तरीका निर्वमान अध्यक्ष अरुण प्रधान, राजनीतिक दलका प्रतिनिधि, कृषक, सञ्चारकर्मी तथा राष्ट्रिय खाद्य बै.क लिमिटेडका पदाधिकारीहरुको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.