Modern technology gives us many things.

बारा जिल्लामा हावाहुरी ,पानीले गहुँ बालीमा क्षति, कृषकहरु चिन्तित

बारा जिल्लाको सबै स्थानीय तहमा  भित्र्याउन लागेको गहुँ बालीमा हावाहुरीसँगै आएको पानीले क्षति पुर्याएको छ । काट्ने तयारी गरिएको, कटिसकेको गहुँ पानीले भिजेपछि कृषकहरु चिन्तित भएका छन् ।

हावाहुरीसँगै बुधबार राती परेको पानी बारीमा जमेर गहुँ भिजेपछि भित्र्याउन समस्या भएको बारा फेटा गाउपालिका  वार्ड न ७ का किसान प्रधुमन साहले गुनासो गरे । ‘गहुँ छरेदेखि फल्ने बेलासम्म पानी परेन’ उनले भने ‘बोरिङ्को पानी पटाएर उब्जाएको गहुुँ भित्र्याउने बेलामा बर्खाले बिगार्यो ।’

कृषकहरुको  गात आ.ब.को तुलनामा पाँच प्रतिशत बढी उत्पादन हुने अनुमान गरिएको छ’ बारा जिल्लाका सबै स्थानीय तहका कृषि प्राबिधिकहरु भन्छ्न ‘उत्पादन भएको पनि हो तर बर्खाले केही क्षति पुर्यायो ।’

Leave A Reply

Your email address will not be published.