स्थानीय कृषकहरुको सिकाइ भ्रमण सम्पन्न
बारा २० बैशाख
मिति २०८२/१/१४गते देखि २०८२/१/१८गते सम्म स्थानीय कृषकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित सिकाइ भ्रमण कार्यक्रम हालै सफलता पूर्वक सम्पन्न भएको छ।
उक्त भ्रमणमा फेटा गाउँपालिका अन्तर्गत रहेका रहेका कृषि सहकारी /कृषक समुहका ३० जना सदस्यहरुले भाग लिएका थिए। सामुहिक उत्पादन गर्ने कृषकहरुलाई उन्नत खेती प्रणाली,रोग किरा जैविक तरिकाले ब्यवस्थापन ,आधुनिक प्रबिधी दोरा गाई पालन, कम लागतमा बाली उत्पादन जैविक मल उत्पादन, आधुनिक सिंचाइ प्रविधि र बजार व्यवस्थापन बारे जानकारी प्रदान गरिएको थियो।
भ्रमण टोलीले मुस्ताङको शितोष्ण बागबानी विकास केन्द्र ,कृषि अनुसन्धान निर्देशनलय लुम्ले ,माछा अनुसन्धान केन्द्र पोखरा ,राष्ट्रिय मकै अनुसन्धान कार्यक्रम र राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम चितवनमा अवलोकन गर्दै सफल कृषकहरुसँग प्रत्यक्ष अन्तरक्रिया र अनुसन्धानबाट उत्पादन भएका प्रबिधि बारे कृषि अधिकृतहरुले सहभागीहरुलाइ प्रष्ट पनि गरे। सहभागी कृषकहरुले सिकाइ भ्रमणबाट प्रेरणा मिलेको र आफ्नै उत्पादनमा सुधार गर्ने कृषिकहरु प्रतिबद्धता जनाए।
कार्यक्रम फेटा गाउँपालिकाको कृषि पशुपन्छी तथा सहकारी शाखाको सहयोगमा सम्पन्न भएको हो। आयोजकले यस्ता कार्यक्रमले कृषकहरुको सीपमा सकारात्मक प्रभाव पार्ने विश्वास हुने कृषि प्राबिधिक सन्जय कुश्वाहाले बताए ।