Modern technology gives us many things.

भेटेरिनरी अस्पतालमा डाक्टरद्वारा कर्मचारीमाथि कुटपिट र धम्की

झापा, बैशाख २४  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापामा कार्यरत पशु चिकित्सक डा. सुजन राईद्वारा आफ्नै कार्यालयमा कार्यरत सहायक स्तरका कर्मचारीहरू रोहित सुनार र दिबाकर सुनार माथि गम्भीर कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की दिइएको घटना सार्वजनिक भएको छ।

सोमबार साँझ ५ बजे भएको उक्त घटनामा डा. राईले दुर्व्यवहार मात्र नभई शारीरिक आक्रमणसमेत गरेका छन् भन्ने गुनासो पीडितहरूले गरेका छन्। अस्पतालको कार्यस्थल भित्रै यति गम्भीर घटना घट्नुका कारण कर्मचारीहरू त्रसित भएका छन्।

स्थानीय स्रोतका अनुसार, विवादको कारण अझै स्पष्ट नभए पनि डाक्टर राईको व्यवहार असह्य र आपराधिक खालको भएको बताइएको छ। हालसम्म घटनाको बारेमा प्रहरी वा सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया आएको छैन।

पीडित पक्षले न्यायको माग गर्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन्। यस घटनाले सरकारी कार्यालयभित्रको कार्यसम्पादन वातावरणप्रति गम्भीर प्रश्न उठाएको छ।

Leave A Reply

Your email address will not be published.