Modern technology gives us many things.

नेपालमै रासायनिक मल उत्पादन हुने

काठमाडौँ, जेठ १४ । खेतीपातीको सिजनमा दोहोरिने रासायनिक मलको अभाव समाधान गर्न सरकारले नेपालमै मल उत्पादन गर्ने तयारीलाई तीव्रता दिएको छ।

यसै सन्दर्भमा, लगानी बोर्डको ६३औँ बैठकले नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न अन्तिम विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई अघि बढाउने निर्णय गरेको छ।

सरकारको यो कदमले देशमा मलको दीर्घकालीन आपूर्ति सुनिश्चित गर्ने र विदेशबाट मल आयातमा हुने खर्च तथा निर्भरता घटाउने लक्ष्य राखिएको छ।

कृषि उत्पादनमा रासायनिक मलको महत्त्वपूर्ण भूमिका रहँदै आएको अवस्थामा यस किसिमको पहलले किसानहरूलाई समयमै मल उपलब्ध गराउने र कृषि उत्पादनमा स्थायित्व ल्याउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.