Modern technology gives us many things.

युवा व्यवसायी तथा समाजसेवी विनोद यादवको एनआरएनए मलेसिया उपाध्यक्षमा उम्मेदवारी

क्वालालम्पुर, मलेसिया : गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–२०२७ कार्यकालका लागि हुने नवौं अधिवेशनमा युवा व्यवसायी तथा समाजसेवी विनोद कुमार यादवले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

बारा जिल्ला कलैया घरभई हाल मलेसियामा व्यवसाय गर्दै आएका यादव व्यवसायसँगै सामाजिक क्षेत्रमार्फत नेपाली समुदायका लागि निरन्तर सक्रिय रहँदै आएका छन्। उम्मेदवारी घोषणा गर्दै उनले सामाजिक संघ–संस्थासँग प्रत्यक्ष जोडिन पाउने र समुदायका हितमा काम गर्ने अवसरकै कारण चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।

मलेसियामा विभिन्न सामाजिक गतिविधिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान पुर्‍याइसकेका यादवलाई उपाध्यक्ष पदका लागि उदीयमान नेतृत्व क्षमता बोकेको दाबेदारका रूपमा हेरिएको छ।

यस्तै, उनी हाल नेपाली समाजका अध्यक्ष समेत रहेका छन् भने नेपालमा जनता समाजवादी पार्टी, नेपालद्वारा प्रवास विशेष प्रदेश समितिका सदस्यको जिम्मेवारी पनि सम्हालिरहेका छन्।

Leave A Reply

Your email address will not be published.