बारा, चैत २२ गते । प्रसौनी गाउँपालिका प्रसौनी बाराले चैते धान खेती प्रवर्धन गर्न किसानलाई अनुदान दिएको छ । भारताबाट चामल र भुजा,चिउराको आयातलाई घटाउन यहाँका किसान अनुदान दिएरलाई प्रोत्साहन गर्न थालिएको हो ।
चैते धान प्रवर्धन कार्यक्रम मार्फत कृषकलाई ५० देखि १०० प्रतिशतसम्म अनुदानको व्यवस्था गरिएको सहकारी सस्थाको अध्यक्षले जनाएको छ । युवाहरूको वैदेशिक रोजगारीको आकर्षणले गर्दा जमिन बाँझो राख्ने क्रम बढेपछि ठुलो परिमाणमा भारतबाट चामल र भुजा,चिउरा आयात गर्नुपर्ने बाध्यता भएकाले त्यसलाई घटाउन कार्यक्रम सञ्चालन गरिएको प्रसौनी गाउँपालिकाको प्रा.स.रुपनारायण मण्डलले जानकारी दिनुभयो ।
मण्डलको अनुसार बिउ,बिषादि,प्रागरिकमल,पोशक तत्व , उपकरण खरिदमा अनुदानको व्यवस्था गरिएको छ । धानको बिउमा ५० प्रतिशत र उपकरण अन्तर्गत स्पेयर ५०प्रतिशात र कोदालो र चैते धान सम्बन्धि ३दिने तालिममा१००प्रतिशत अनुदानको व्यवस्था छ । २०० हेक्टर खेतमा चैते धानखेती गर्न श्री जिन्नाद बाबा कृषि सहकारी सस्था लिलाइ समावेश गरिएको छ ।
चैते धान विशेष गरी चामल चिउराका लागि प्रयोग गरिने तर खेत बाँझो हुँदा भारतबाट आयात हुने गरेको मण्डलले बताउनुहुन्छ । किसानबाट माग धेरै आएपनि बजेट थोरै भएकोले सबैलाई समेट्न कठिन भएको सस्थाको अध्यक्ष श्रीलाल साहले जानकारी दिनुभयो ।