प्रहरी जवान पदको लिखित परीक्षामा सहभागी भएका ६ नक्कली परीक्षार्थी पक्राउ

वैशाख ७ गते प्रहरी जवान पदको लिखित परीक्षामा सहभागी भएका ६ नक्कली परीक्षार्थी पक्राउ परेका छन्। अन्य व्यक्तिका नाममा परीक्षा दिइरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका-९ का २३ वर्षीय मोहन सुनुवार, कालिकोटको शुभकालिका गाउँपालिका-७ का २४ वर्षीय गोपाल शाही, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-५ का २२ वर्षीय मनोज शर्मा, दैलेखको भैरवी गाउँपालिका-५ का २२ वर्षीय आकाश खड्का, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ का २० वर्षीय उमेश शर्मा र जुम्लाको तिला गाउँपालिका-२ का २२ वर्षीय मिन रावल रहेका छन्। शनिबार काठमाडौंको नयाँबानेश्वरमा रहेको रत्नराज्य माविमा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौंले प्रकाशित गरेको विज्ञापन अनुसार सञ्चालित प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिको नाममा परीक्षा उनीहरूले परीक्षा दिइरहेका थिए। पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Comments (0)
Add Comment