रातोमाटे मकवानपुर (बागमती प्रदेश) बिषयः ला.औ.गाँजा सहित २ जना मानिस नियन्त्रणमा

बारा कलैया ।प्र.चौ.रातोमाटे मकवानपुर (बागमती प्रदेश) बिषयः ला.औ.गाँजा सहित २ जना मानिस नियन्त्रणमा
मिति २०८३ /७/१० गते अं.१३:३५ बजेको समयमा जि.मकवानपुर हेटौडा उ.म.न.पा.१५ पिपलबोट स्थित महेन्द्र राजमार्गमा प्र.चौ.रातोमाटे मकवानपुरबाट प्र.ना.नि. प्रमोद प्रसाद साह को कमाण्डमा ट्राफिक सहित खटिएको चेकिड टोलीले हेटौडाबाट बारा तर्फ जादै गरेको BR1AP6073 नं. को भारतिय गाडीलाई शंका लागी चेकजाँच गर्दा गाडीको बोनट, चालक सिट तल खुट्टा राख्ने स्थान र चालकको साइडको सिट तल खुट्टा राख्ने स्थानमा फल्सबटम बनाई लुकाई छिपाइ राखेको अबस्थामा ला.औ. गाँजा १९ पोका शुद्ध तौल ४२ के.जी. ४१० ग्राम प्याक गरीएको प्लास्टिक सहित फेला पारी गाडी चालक देश भारत जिल्ला बैसाली महुवा टोल बस्ने बर्ष अ.२५ को बिर्जु कुमार रायर सोहि गाडीमा सवार ऐ.ऐ. बस्ने बर्ष अं.२६ को मन्जय कुमार राय लाई नियन्त्रणमा लिइ आबश्यक कारबाहिको लागि जि.प्.का.मकवानपुरमा लगिएको छ।

Comments (0)
Add Comment