प्रशासकीय अधिकृत हुँदा करारमा राखिएका ८० कर्मचारी एकैपटक निकालेर कुटाइ खाएका इन्जिनियर दिपेन्द्र कुमार शाहले फेरि खानेपानी मन्त्री बाट असुरक्षित भएको भन्दै गृह मन्त्रालय गुहारेका छन् ।
करारमा कर्मचारी धेरै राख्नु भनेको भ्रष्टाचार गर्नु हो भन्दै प्रशासकीय अधिकृत भएको समयमा विदेह नगरपालिकाका ८० कर्मचारी एकैपटक दर्खास्ती गरेपछि चर्चामा आएका शाहले अहिले खानेपानी मन्त्री प्रदीप यादवलाई भ्रष्टाचारको आरोप लगाउदै बर्खास्तीको माग गर्नुभएको छ ।