बारा, कार्तिक ५ : शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा प्रसौनी गाउँपालिका अध्यक्षले गरेको आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैस्वारको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) का पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल रहेका थिए। सो अवसरमा पार्टीका केन्द्रीय सदस्य बलवीर चौधरी, प्रदेश कमिटी सदस्य अमर यादव, धर्मदेव प्रसाद यादव, मोबिन आलम, सुनिल पाल लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष लालबाबु मुखियाले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । नेकपा प्रसौनी गाउँपालिका समिति संयोजक नाजिर हुसेन अन्सारीले शुभकामना मन्तव्य दिँदै पार्टी एकता र आपसी सहयोगको महत्वमा जोड दिए ।
शुभकामना कार्यक्रमका क्रममा सुनिल पालले सामाजिक एकता र सहकार्यको आवश्यकता औंल्याउँदै शुभकामना व्यक्त गरे भने मोबिन आलमले देशको हालको राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै पार्टीभित्रको एकता सुदृढ गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी, प्रदेश सभा सदस्य देवानारायण चौधरीले दीपावली र छठ पर्वले समाजमा सहिष्णुता र आपसी सद्भाव फैलाउने अवसर प्रदान गर्ने बताएका थिए । कार्यक्रममा बारा क्षेत्र नं. ४ का पूर्व सभा सदस्य राम इकबाल मियाँले पनि शुभकामना मन्तव्य दिँदै स्थानीय विकासका विषयमा ध्यान केन्द्रित गर्न आग्रह गरे ।
गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैस्वारले आफ्नो समापन मन्तव्यमा गाउँपालिकाका प्रमुख समस्या र आगामी योजनाबारे जानकारी दिँदै सबैलाई मिलेर गाउँको विकासमा हातेमालो गर्न आह्वान गरे । कार्यक्रमको सप्पन्न भएको जानकारी सन्दीप यादवले बताए