बारा जिल्लाको माटोमा अधिक अम्लीयपन भएको पुष्टि भएको छ। माटोमा वर्षेनी अम्लीयपन बढे पनि यसलाई उपयुक्त बनाउने ढंगले नियमनकारी निकाय जस्तै भुमि ब्यवस्था ,सहकारी मन्त्रालय आयोजना ल्याउन भने सकेको छैन।
आर्थिक वर्ष २०८०–८१ मा फेटा गाउँपालिका भरी एक सय बिस १२० वटा माटोको नमुना संकलन गरी परीक्षण गर्दा एक सय १०० वटा नमुना अधिक अम्लीयपन पुष्टि भएको हो।
फेटा गाउँपालिको अनुसार कुल नमुनामध्ये परीक्षण गर्दा १०० वटा नमूनामा अम्लीयपन देखा परेको हो। नमूनामा अम्लीयपन देखा परेको फेटा गाउँपलिकाको कृषि प्राविधिक सन्जय कुश्वाहाले बताए।
अनुकूल माटो हुँदा स्वाभाविक रुपमा अन्नबाली उत्पादन बढ्छ। तर, उपयुक्त माटो नभएर अम्लीयपन बढी हुँदा अपेक्षाकृत उत्पादन भने नहुने गरेको फेटा गाउँपालिकाको प्राविधिक कुशवहाले जनाएको छ।
माटोमा अम्लीयपन भएपनि सुधार नहुँदा अन्नबाली उत्पादन घट्ने गरेको छ। यद्यपि धानले अम्लीय माटो सहन सक्छ। धानका लागि ५ देखि ६.५ सम्म पिएच भएको माटो आवश्यक पर्छ।माटोमा अम्लीयन बढी हुँदा यसलाई हटाउन मुख्य उपाय भनेको कृषि चुनको प्रयोग हो। अम्लीयपन घटाउने घरेलु विधिमा कम्पोष्ट मलको प्रयोग गर्न सकिन्छ। तर, अभियानकै रुपमा कृषि चुन प्रयोग गर्दा माटो राम्रो बन्ने सक्छ फेटा गाउँपालिकाको कृषि पशुपन्छी तथा सहकारी शाखाको प्राबिधिक कुश्वाहाले दाबी गरछ।
फेटा गाउँपालिकाको माटोमा कृषि चुन प्रयोग गर्दा प्रतिकट्ठा अधिकतम ३५० केजीदेखि न्यूनतम २२ केजी सम्म प्रतिकट्ठा कृषि चुन चाहिन्छ।
माटोलाई स्वास्थ्य राख्न सक्दा उत्पादन स्वतः बढ्नेछ। माटो परीक्षण नगरी रासायनिक मलको जथाभाबी र गोबर मलको घट्दो प्रयोगले माटोमा अम्लीयपनका साथै क्षरीयपन बढ्दै गएको कुश्वाहा बताए।