कुचीले कोरे वातावरण संरक्षणको भविष्य, चित्रकलामा संस्कृत र हिलसन उत्कृष्ट

काठमाडौं, जेठ २३ । विश्व वातावरण दिवसको अवसरमा काठमाडौंको तारकेश्वरमा अन्तर-विद्यालय चित्रकला प्रतियोगिता आयोजना गरिएको छ। श्री एन्जल्स् नेशनल स्कुल र SAMDAN नेपालको सहकार्यमा बिहीबार, जेठ २२ गते सम्पन्न प्रतियोगितामा २८ विद्यालयका १३७ विद्यार्थीले वातावरण संरक्षणको सन्देश दिँदै चित्र कोरेका थिए।

तारकेश्वर नगरपालिका-९, मनमैजुस्थित एन्जल्स् नेशनल स्कुलमा आयोजित प्रतियोगितामा सिनियरतर्फ ग्रिनफिल्ड स्कुलका संस्कृत लाल श्रेष्ठ र जुनियरतर्फ गोढुङगा अर्किड स्कुलका हिलसन तामाङ प्रथम भएका छन्।

प्रोफेसर डा. लोकेन्द्र शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता लिल बी पुनले गरेका थिए भने निर्णायकको भूमिकामा उप-प्राध्यापक गणेश जिसी रहेका थिए। कार्यक्रमको पहिलो सत्रमा विद्यालयका प्रधानाध्यापक टकबहादुर थापाले र दोस्रो सत्रमा SAMDAN नेपालका प्रबन्ध निर्देशक (एमडी) देवेन्द्र अधिकारीले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रम संयोजक सिम्रन महर्जनले सञ्चालन गरेको उक्त प्रतियोगिताको समग्र संयोजन विद्यालयका अन्तर्राष्ट्रिय ईसीए संयोजक सुमन तिमल्सिनाले गरेका थिए।

दुवै तहका विजेताहरु यस प्रकार छन्:

जुनियर तर्फ:

प्रथम: हिलसन तामाङ (गोढुङगा अर्किड स्कुल)

दोस्रो: प्रियङ्का श्रेष्ठ (प्रारम्भ स्कुल)

तेस्रो: आर्नभ सिंह चौधरी (कखरा स्कुल)

चौथो: दिपुज बराल (स्वर्णदीप स्कुल)

पाँचौं: एलिना थापा (कौशल स्कुल)

सिनियर तर्फ:

प्रथम: संस्कृत लाल श्रेष्ठ (ग्रिनफिल्ड स्कुल)

दोस्रो: स्वस्तिक न्यौपाने (एन्जल्स् नेशनल स्कुल)

तेस्रो: प्रज्वल कँडेल (तेजस्वी स्कुल)

चौथो: रुस्मा महर्जन (समृद्धि स्कुल)

पाँचौं: न्यनसिका तामाङ (हिम रश्मि स्कुल)

आयोजकका अनुसार, दुवै तहमा शीर्ष १० मा पर्न सफल विद्यार्थीहरुलाई मेडल, ट्रफी, उपहार र प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, सहभागी सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र र डायरी तथा सहभागी सबै विद्यालयलाई प्रशंसा-पत्र प्रदान गरिएको थियो।

Comments (0)
Add Comment