कलैया । जिल्ला प्रहरी कार्यालय बारा शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखामा कार्यरत प्रहरी निरीक्षक खेमप्रसाद नेपाल २०८२ जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले यस्तो घोषणाका साथ प्रमाणपत्रमा हस्ताक्षर गरेका छन्।
प्रहरी निरीक्षक नेपालले जेठ १३ गते ३३ जिल्ला बस्ने प्रसौनी (र) ८१/८२ को छोरी बर्ष ८ की प्रसौनी (ग) ८१/८२ लाई जबरजस्ती करणी गरेको घटनाको सफल अनुसन्धान गरी ७ जना प्रतिबादीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्।
उनले जेठ १६ गते बाराको कलैया उपमहानगरपालिका वडा नं.०१ स्थित भारतबाट भन्सार छली गरी ल्याई धानको बिउ भनि नक्कली मार्का टालि बिक्रि बितरण गरिरहेको अवस्थामा पिकअप गाडी सहित ८४ बोरा धान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएका हुन्।
बिभिन्न मुद्दामा बिभिन्न तहका अदालतबाट अन्तिम फैसला भई फरार रहेका १७ जना प्रतिबादीहरुलाई पक्राउ गरी दाखिला गरेको उनको कार्य विवरणमा उल्लेख छ।
जेठ २२ गते कलैया उपमहानगरपालिका वडा नं.६ हनुमान चोक स्थितबाट लागु औषध –१०,निट्राभेट -१० ३५ पत्ता सहित ४ जना मानिसहरुलाई पक्राउ गरी दाखिला गराई जघन्य अपराध अनुसन्धानमा उत्कृष्टता प्रदर्शन गर्दै राजश्व संकलनमा बिशेष योगदान गरेको उनको कार्य विवरणमा उल्लेख गरिएको छ।
नीति निर्देशनलाई पूर्णरुपमा पालना गर्दै आफूलाई सुम्पिएको जिम्मेवारी उच्च व्यवसायिक कार्य कुशलताका साथ कार्य सम्पादन गरी उत्कृष्ट कार्य सम्पादन गरेकोले उनले सम्पादन गरेको उत्कृष्ट कार्यको कदर स्वरूप पुरस्कृत गरिएको हो।
यसले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक प्रभाव परी कार्यदक्षतामा अझ बढी प्रभावकारीता आउने भएकोले प्रहरी निरीक्षक नेपाललाई “जेठ“ महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।