देवाही गोनाही  न.पा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

रूपेश यादव

राैतहट ५ असाढ

 रौतहटको देवाही गोनाही नगरपालिका १५ महिना मुनिका बालबालिकाहरूले पूर्ण खोप पाएको  सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको  छ । आफ्नो पालिकाभित्र १५ महिनाभित्रका ९९ प्रतिशत बालबालिकाले लाउनुपर्ने सम्पूर्ण खोप समयमै लगाएको भन्दै बिहीबार एक भव्य समारोहका बिच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।

खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको जिल्लाजनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश कुमार सिंहले बताए ।

उनले देवाही गोनाही नगरपालिकाले सबै इण्डिकेटरहरु पुरा गर्दै आफ्नो पालिकालाई  ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ गर्न सफल भएकोमा शुभकामना व्यक्त गरे।

प्रमुख सिंहले भने, ‘जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सबैभन्दा महत्त्वपूर्ण भूमिकामा रहनुभएको स्वास्थ्य स्वयंसेवकको अहोरात्रको प्रयासबाट ‘पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना पालिका घोषणा’ गर्न सफल भएको हो ।’

प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष राम अयोध्या राय यादवले ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ ले नगरको इज्जत बढाएको भन्दै यसमा लाग्ने सम्पूर्ण स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन समेत गरे ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ कार्यक्रम देवाही गोनाही स्वास्थ्य शाखा प्रमुख जग्गा राम पालिकाले प्रत्येक महिनाको २२ देखि २६ गते सम्म खोप सेवा उपलब्ध गराउँदै आएको बताए । उनले तोकिएको दिन बिदै भए पनि खोप सेवा भने नरोकिने बताए । स्वास्थ शाखा प्रमुख  रामको अनुसार पालिकाका ९ वडाको ४५ खोप केन्द्रबाट नियमित खोप सञ्चालन हुँदै आएको जानकारी दिए ।

उनले ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ पहिला घर घरमा गएर खोप लगाए नलगाएको सुनिश्चितता गरिएको बताए ।

देवाहो गोनाही नगरपालिका स्वास्थ सह संयोजक राजिव कुमार साहले सम्पूर्ण जनप्रतिनिधि र स्वास्थ्यकर्मीको प्रयासमा आजको दिनसम्म पुग्न सफल भएको बताए ।

‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ कार्यक्रममा वडा अध्यक्षहरू अतिकुर रहमान, उपेन्द्र साह,उपेन्द्र यादव , बिजय पटेल , वीर बहादुर साह, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नगर उप प्रमुख प्रनिया देवी पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका  श्याम कुमार हजराले गरेका थिए।

आजै जिल्ला खोप समन्वय समितिको सचिवालयले नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाण पत्र प्रदान गरेको छ ।कार्यक्रममा अहोरात्र खटिने स्वास्थकर्मी , संचारकर्मी , सुरक्षाकर्मीहरुलाइ सम्मान तथा प्रसंशापत्र, मायाको चिनो प्रदान गरिएको थियो ।

Comments (0)
Add Comment