धरान : रासायनिक महल हिनामिना मुद्दामा दोषी ठहर भएका व्यक्ति तीन वर्षपछि सुनसरीको इटहरीबाट पक्राउ परेका छ्न् । विशेष अदालत काठमाडौंले रासायनिक मल भ्रष्टाचारमा कैद र जरिवानाको फैसला गरेपछि फरार रहेका इटहरी उपमहानगरपालिका-११ का ५२ वर्षीय दिलचन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिएका छ्न् ।
रासायनिक मल हिनामिना प्रकरणमा मुछिएका राईलाई विशेष अदालत काठमाडौंले २०७९।०५।२८ गते २ वर्ष ६ महिना कैद र ७ लाख ५३ हजार ६७५ रुपैयाँ जरिवाना गरेको थियो । राई लामो समयदेखि लुकीछिपी बस्दै आएका थिए। गोप्य सूचनाको आधारमा उनकै घर आसपासबाट सामूदायिक प्रहरी बिट भवानीपुर इटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको डीएसपी खतिवडाले बताए ।
उनले अदालतको फैसला कार्यान्वयनका लागि पकाउ परेका राईलाई जिल्ला अदालत सुनसरीमा बुझाइएको बताए ।