वीरगंज स्थित गहवामाई को रथयात्रा सम्पन्न 

पर्सा १३ असार

आस्थाको केन्द्र बिन्दु तथा शक्तिपीठको रूपमा रहेको वीरगन्जमा प्रख्यात गहवामाईको रथयात्रा भव्य रुपमा शुक्रबार सम्पन्न भएको छ ।

गहवामाइ तिर्थस्थल क्षेत्र विकास समितिको आयोजनामा तेस्रो रथयात्रा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलगायतका सहभागितामा वीरगन्जका विभिन्न ठाउँ तथा धार्मिक स्थलहरुको परिक्रमा गरी माइस्थान मन्दिर गहवामाइको परिसरमा आइ सम्पन्न भएको हो ।

आयोजक समितिका अध्यक्ष एवम् गहवामाइ तिर्थस्थल क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलका अनुसार प्रत्येक वर्ष गहवामाइ प्रतिको आस्था र विश्वास बढ्दै गएको र अन्य वर्षको तुलनामा यस वर्ष भक्तजनको उत्साह जनक सहभागिता रहेको बताउनुभयो ।

अध्यक्ष पोखरेल प्रत्येक वर्ष झै यस वर्ष पनि गहवामाइ तिर्थस्थल क्षेत्र विकास समितिले शनिबार महाप्रसादको आयोजना गर्ने र महाभोजमा लगभग ५० हजार भक्तजनहरू सहभागिता हुने अनुमान गरी सोही अनुरूपको तयारी भइरहेको जानकारी दिनुभयो ।

Comments (0)
Add Comment