काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष वेदुराम भुसालले पुष्पलाल श्रेष्ठ नेपालको कम्युनिस्ट आन्दोलनको जनक भएको बताएका छन् ।बुधवार कीर्तिपुरमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनको पिता भएको बताए ।
नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलालको योगदान अतुलनीय रहेको बताउँदै उनले नेपालमा मार्क्सवाद प्रवेश गराउने व्यक्ति नै पुष्पलाल भएको जिकिर गरेर ।
उपाध्यक्ष भुसालले पुष्पलालले सुरु गरेका कामहरू आज पनि अधुरा रहेको बताए । मुलुकलाई समाजवादमा पुर्याउने लक्ष्य, नेपाली समाजको इतिहास नयाँ ढङ्गले लेख्नुपर्छ भन्ने लक्ष्य आज पनि अधुरो रहेको उनले बताए ।