पाकिस्तानले तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेलमा बङ्गलादेशलाई ७४ रनको फराकिलो अन्तरले पराजित गर्दै शृङ्खला स्वीप हुनबाट जोगिएको छ।
ढाकामा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७८ रन बनायो। पाकिस्तानका लागि शीर्षक्रमका ब्याट्सम्यानहरुले सन्तुलित प्रदर्शन गर्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलमा पुर्याए।
जवाफमा ब्याटिङ गरेको बङ्गलादेश १६ ओभर ४ बलमै १०४ रनमा समेटिएको थियो। पाकिस्तानका बलरहरुले दबाबपूर्ण बलिङ गर्दै बङ्गलादेशका कुनै पनि प्रमुख ब्याट्सम्यानलाई जमिन दिएनन्।
यसअघि पहिलो खेल ७ विकेट र दोस्रो खेल ८ रनले जित्दै बङ्गलादेशले पाकिस्तानविरुद्ध टी–२० शृङ्खलामा ऐतिहासिक जित दर्ता गरिसकेको थियो। तीन खेलको शृङ्खला बङ्गलादेशले २–१ ले आफ्नो पक्षमा पार्दै घरेलु मैदानमा सफल अन्त्य गरेको छ।