गढीमाई साझेदारी वन उपभोक्ता समूहको चौथो साधारण सभा शनिबार (मिति २०८२ साल असोज ४ गते) सफलता पूर्वक सम्पन्न भएको छ। समूहका अध्यक्ष रामएकवाल प्रसाद तेलीको सभाध्यक्षतामा सम्पन्न सभामा विभिन्न स्तरका अतिथिहरूको विशेष उपस्थिति रहेको थियो।
सभामा प्रमुख अतिथिका रूपमा साझेदारी वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष तथा कोल्हवी नगरपालिकाका मेयर रामप्रसाद चौधरी उपस्थित हुनु भयो। विशिष्ट अतिथिका रूपमा मधेश प्रदेश वन निर्देशनालयका निर्देशक जग्गनाथ जयसवाल, डिभिजन वन कार्यालय सिमराका डिभिजनल वन अधिकृत राजीव कुमार झा, नेपाल वन निगम लिमिटेड पथलैयाका प्रमुख सुमन कुमार सिंह, साझेदारी वन उपभोक्ता महासंघ मधेश प्रदेशका महासचिव रजनीकान्त झा, तामगढी साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष रविन्द्र पनुहर, र सब–डिभिजन वन कार्यालय पथलैयाका प्रमुख विमल कुमार ठाकुरको विशेष सहभागिता रहेको थियो।
कार्यक्रममा अतिथिहरूले साझेदारी वनको महत्व, दिगो वन व्यवस्थापन र सुशासन प्रवर्द्धनमा उपभोक्ता समूहहरूको भूमिकाबारे आ–आफ्ना विचार राखेका थिए।
समूहका अध्यक्ष रामएकवाल प्रसाद तेलीले सबै अतिथि, सरोकारवाला निकाय, सञ्चारकर्मी, उपभोक्ता सदस्य तथा कर्मचारीहरूको सक्रिय सहभागिता र सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमासमेत निरन्तर समर्थन र सुझाव रहने विश्वास व्यक्त गर्नुभयो।
सभा सफल बनाउन दिनरात खटिएका गढीमाई साझेदारी वन उपभोक्ता समूहका सदस्य र कर्मचारीहरुलाई विशेष धन्यवाद दिइएको छ।